Nepal's Trusted Health Online Portal

शुक्रबार एकैदिन थपिए ७४० कोरोना संक्रमित, एकको मृत्यु, संक्रमित संख्या १५ हजार २५९ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१९ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

एकको मृत्यु
काठमाडौँ नयाँ बानेश्वरका ८५ बर्षीय वृद्धको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ । उनलाई उच्च रक्तचाप र पार्किन्ससको समस्या रहेको मन्त्रालयले जनाएको छ । छाती दुख्ने लगायतका समस्या भएपछि काठमाडौँको एक निजि अस्पतालमा भर्ना भएका उनको १७ गते राती ११ बजे मृत्यु भएकोमा मृत्यु पश्चात कोरोना पुष्टि भएको हो ।

८२३ जना निको भए
पछिल्लो २४ घण्टामा ८२३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ६ हजार १४३ जना निको भएर घर फर्किइसकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.