Nepal's Trusted Health Online Portal

रोटा भाइरसविरुद्धको खोप पनि ‘राष्ट्रिय खोप कार्यक्रम’मा समावेश

Get real time updates directly on you device, subscribe now.

१९ असार, काठमाडौँ । नेपाल सरकारले बालबालिकालाई दिइने रोटा भाइरस विरुद्दको नयाँ खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रि भानुभक्त ढकालले रोटा भाइरस खोप नेपालमा पनि सुरु गरिने बताएका छन् । ‘यो कार्यक्रममार्फत देशैभर मासिक करिब सोह्र हजार खोप केन्द्रमार्फत ११ वटा रोगविरुद्ध १५ महिनासम्मका बालबालिकाहरूलाई निःशुल्क रुपमा खोप सेवा प्रदान गरी वार्षिक करिब छ लाख ३० हजारभन्दा धेरै बालबालिकालाई सङ्क्रामक तथा प्राणघातक रोगहरूबाट सुरक्षा गरिरहेको छ’ उनले दाबी गरे ।

स्वास्थ्यमन्त्री ढकालले खोपकै माध्यमबाट विश्वबाट विफरजस्तो घातक रोग उन्मुलन भएको सन्दर्भ उल्लेख गर्दै उनले भने ‘नेपाल सन् २०१० देखि पोलियो शून्य अवस्था रही हामी पनि पोलियो उन्मुलनको तयारीमा रहेको साथै सङ्क्रामक र बालमृत्युको प्रमुख कारकको रुपमा रहेको दादुरा रुबेला जस्तो घातक रोग नियन्त्रण गरी सन् २०२३ सम्ममा दक्षिण एसियाबाट निवारण गर्ने लक्ष्यका साथ तयारी भइरहेको जानकारी गराउन पाउँदा खुशी लागेको छ ।’

खोप सेवाको माध्यमबाट रोगहरूको नियन्त्रण, निवारण र उन्मुलन गरी बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई स्वस्थ र समृद्ध समाज निर्माणमा योगदान गर्नु नै खोप कार्यक्रमको मुख्य लक्ष्य रहेको ढकालले बताए ।

स्वास्थ्य मन्त्रीले अन्तराष्ट्रिय, राष्ट्रिय लक्ष्य, उद्देश्य र प्रतिबद्धता अनुसार खोप सेवाको प्रभावकारी सञ्चालन र व्यवस्थापनमा नेपाल सरकार सदैव कटिबद्ध रहेको र नेपालको संविधान २०७२ बाट नै आधारभूत तथा अत्यावश्यक स्वास्थ्य सेवा जनताको मौलिक हकको रुपमा स्थापित गरेको समेत उल्लेख गरेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.