Nepal's Trusted Health Online Portal

बाजुराका १० कोरोना संक्रमित डिस्चार्ज

Get real time updates directly on you device, subscribe now.

१९ असार । बाजुरा जिल्ला अस्पतालमा रहेको कोविड–१९ उपचार केन्द्र र बडिमालिका माविको आइसोलेसनबाट १० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । जिल्ला अस्पतालमा उपचारत बुढीगङ्गाकाका एक जना र बडिमालिकाको आइसोलेसनबाट नौ जना बुधबार डिस्चार्ज भएका हुन् ।

डिस्चार हुनेमा बुढीगङ्गा नगरपालिकाकी २३ वर्षीया महिलासहित बडीमालिका नगरपालिकाका ४० वर्षका पुरुष रहेका छन् । त्यसै गरी बाजुराको जगनाथ गाउँपालिकाका एक जना र त्रिवेणी नगरपालिकाका एक जना पनि कोरोना जितेर घर फर्किएका छन् ।

जगनाथ गाउँपालिकाका एक जना कालीकोटबाट र त्रिवेणी नगरपालिकका एक जना सेती अस्पतालबाट कोरोना जितेर घर फर्किएका हुन् । योसँगै बाजुरामा कोरोना जितेर घर फर्किनेको सङ्ख्या १२ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

बाजुराका ४३९ जना कोरोना सङ्क्रमितमध्ये दुई वर्षीय बालिकाको जेठ १९ गते कोरोनाबाट मृत्यु भएको थियो । बडिमालिका नगरपालिकाका एक जना पुरुषले क्वारेन्टाइनमा आत्महत्या गरेपछि उनमा पनि कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले जानकारी दिए । उनका अनुसार ४३७ जनामध्ये १० जना कोरोना जितेर घर फर्किएपछि अहिले बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या ४२८ रहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.