Nepal's Trusted Health Online Portal

बिहीबार थपिए ४७३ कोरोना संक्रमित, एकको मृत्यु, संक्रमित संख्या १४ हजार ५१९ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१८ असार, काठमाडौं । नेपालमा बिहीबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना महिला र ३६४ जना पुरुष गरी ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १ हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष रहेका छन् ।

एक शिशुको मृत्यु
म्याग्दी धौलागिरी न.पा.–०४ स्थायी ठेगाना भएका ४९ दिनका शिशुको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा १७ गते अपरान्ह ४ बजे शिशुको मृत्यु भएको थियो । गत असार ९ गते उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । शिशुलाई पहिलो चरणको डायलायसिस गरी आइसियुमा उपचार गरिएको थियो ।

६६४ जना निको भए
पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ५ हजार ३२० जना निको भएर घर फर्किइसकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.