Nepal's Trusted Health Online Portal

स्वास्थ्य परीक्षण गराइ बालुवाटार फर्किए प्रधानमन्त्री ओली

Get real time updates directly on you device, subscribe now.

१७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बेलुकी बाँसबारी स्थित गंगालाल हृदयरोग केन्द्रमा आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । बेलुकी ५ बजेतिर अस्पताल पुगेका ओली एक घण्टा पनि नबित्दै बालुवाटार फर्किएका थिए ।

“स्वास्थ्य परीक्षण पूरा गरी प्रधानमन्त्री आजै निवास फर्कनुभएको छ । उहाँ आफ्नो नियमित चेकजाँचका लागि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्र पुग्नुभएको हो,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्थायी कमिटीको नियमित बैठक र सरकारको कामकाजले केही दिनयता प्रधानमन्त्री व्यस्त छन् ।

‘स्वास्थ्यमा त्यस्तो खराबी नआएको तर चिकित्सकको सल्लाह अनुसार उहाँको नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल जानुभएको हो’ प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले बताए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.