१७ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा १७ सहित देशभर पछिल्लो घण्टामा ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११७ महिला र ३७५ पुरुषमा कोरोनाको संक्रमण फेला परेको हो ।
योसंगै नेपालको कुल संक्रमित संख्या १४ हजार ४६ पुगेको छ । काठमाडौँ जिल्लामा पाँच पुरुष र पाँच महिला, ललितपुरमा तीन महिला र दुई पुरूष र भक्तपुरमा एक महिला र एक पुरुषलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर ४ हजार ६५६ डिस्चार्ज भएका छन् । यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र आइसोलेसनमा नौ हजार ३६० जना रहेका छन् ।
थप एकको मृत्यु
असार १४ गते अछामका ४५ वर्षका एक जना पुरूषको मृत्युको कारण कोरोना भएको पुष्टी भएको छ । अछामको बयलपाटा अस्पतालमा भएको मृत्युपछि लिएको स्वाबमा असार १६ गते कोरोना पुष्टि भएको मन्त्रालयले पुष्टी गरेको छ ।