१६ असार, काठमाडौं । नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमध्ये १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७१ जना महिला र २४५ जना पुरुष गरी ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
६० जना निको भए
संक्रमितमध्ये अहिलेसम्म ३ हजार १९४ जना निको भएर घर फर्किइसकेका छन् । जसमध्ये २७७ महिला र २ हजार ९१७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जना महिला र ५१ जना पुरुष गरी ६० जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
संक्रमितहरुको प्रादेशिक विवरण
प्रदेश १ : ५९५
प्रदेश २ : ३७९४
बागमती : ४२८
गण्डकी : १०१७
प्रदेश ५ : ३८०७
कर्णाली : १४६६
सुदूरपश्चिम : २४५७