१९ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या तीन अंकमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर ९४२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ हजार ८३ आरटी पीसीआर विधी र १ हजार २७७ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट १० र एन्टिजेन विधीबाट १ जना गरी जम्मा ११ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या एन्टिजेनसहित ११ लाख १८ हजार ५९२ पुगेको छ । जसमध्ये हालसम्म ९ लाख ६५ हजार ५५९ संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।