Nepal's Trusted Health Online Portal

गण्डकी प्रदेशमा कोरोना संक्रमण केस झण्डै ५० हजार, आज थपिए ५४३ संक्रमित

Get real time updates directly on you device, subscribe now.

२९ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणको केस ४९ हजार ९५७ पुगेको छ । शनिबार थप ५४३ जनालाई कोरोना पोजिटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शनिबार थपिएका संक्रमितहरुमा मुस्ताङका ८ जना, म्याग्दीका ४० जना, पर्वतका ८ जना, गोरखाका ५८ जना, लमजुङका ६४ जना, तनहुँका १०० जना, कास्कीका १०५ जना, बागलुङका ७ जना, स्याङ्जाका ६१ जना र नवलपरासी पूर्वका ९२ जना रहेका छन् ।

आज थपिएका नयाँ संक्रमितहरुमध्ये २६८ जना महिला र २७५ जना पुरुष रहेका छन् ।

नयाँ सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माले बताएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.