Nepal's Trusted Health Online Portal

थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ३ हजार ९२९ पुगे

Get real time updates directly on you device, subscribe now.

११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ४५४ नमुना परीक्षण गर्दा ५६४ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७७८ आरटी पीसीआर गर्दा ४१८ र १ हजार ६७६ एन्टिजेन विधीबाट परीक्षण गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २०२ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८४ हजार ८९३ र एन्टिजेन विधीबाट १ लाख ४१ हजार ९९१ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६९ हजार ४ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९६० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ३ हजार ९२९ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.