९ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ९५४ नमुना परीक्षण गरिएकोमा ४४४ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ९९६ आरटी पीसीआर गर्दा २११ र २ हजार ९५८ एन्टिजेन विधिबाट परीक्षण गर्दा २३३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३०७ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९६ हजार ४४२ र एन्टिजेन विधिबाट १ लाख ५० हजार ६३ पुगेको छ । संक्रमितमध्ये ९ लाख ८० हजार २४५ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९९८ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ४ हजार १९९ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।