Nepal's Trusted Health Online Portal

शनिबार १७३ जनामा कोरोना संक्रमण पुष्टि, ३९६ निको भए

Get real time updates directly on you device, subscribe now.

११ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २ हजार ८३९ नमुना परीक्षण गरिएकोमा १७३ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ४३ आरटी पीसीआर गर्दा ६५ र २ हजार १९६ एन्टिजेन विधिबाट परीक्षण गर्दा १०८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३९६ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९६ हजार ६७० र एन्टिजेन विधिबाट १ लाख ५० हजार ३३२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ८१ हजार ५९ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९९९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ३ हजार ६१२ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.