Nepal's Trusted Health Online Portal

थप २०२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु, ४६२ निको भए

Get real time updates directly on you device, subscribe now.

१२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ८३३ नमुना परीक्षण गरिएकोमा २०२ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६४ आरटी पीसीआर गर्दा १६४ र १ हजार ७६९ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४६२ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९६ हजार ८३४ र एन्टिजेन विधिबाट १ लाख ५० हजार ३७० पुगेको छ । संक्रमितमध्ये ९ लाख ८१ हजार ५२१ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण १२ हजार जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.५ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ३ हजार ३१३ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.