२९ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १९२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३०६ आरटी पीसीआर विधि र १ हजार ६४१ एन्टिजेन गरी जम्मा ७ हजार ९४७ नमुना परीक्षण गरिएकोमा ६५ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १७ हजार ९४१ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६१ हजार ७० केस संक्रमणमुक्त भएको छ । अब देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।