Nepal's Trusted Health Online Portal

बढ्न थाल्यो कोरोना, बिहीबार एकैदिन ४२ जनामा संक्रमण

Get real time updates directly on you device, subscribe now.

१६ चैत, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । केही दिनयता कोभिड पोजिटिभ हुनेको संख्या बढेर बिहीबारसम्म १२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार मात्र ४२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३०० आरटी पीसीआर विधिबाट नमुना परीक्षण गर्दा ३७ जना र ६१५ एन्टिजेन परीक्षण गर्दा ५ नमुनाको नतिजा पोजिटिभ आएको हो ।

१७ जना कोरोना संक्रमित भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब देशभर १२३ जना सक्रिय संक्रमित पुगेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट १० लाख १ हजार ३२५ र एन्टिजेन विधीबाट १ लाख ५२ हजार ३०० पुगेको छ । संक्रमितमध्ये ९ लाख ८९ हजार १८२ केस संक्रमणमुक्त भएको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १२ हजार २० जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । कुल संक्रमितमध्ये ९८.८ प्रतिशत निको हुँदा १.२ प्रतिशतको मृत्यु भएको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.