Nepal's Trusted Health Online Portal

डेंगु बढ्न थालेपछि लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

Get real time updates directly on you device, subscribe now.

१६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

डेंगु रोगका संक्रमण बढ्न थालेपछि मन्त्रालयले सूचना प्रकाशन गरी लामखुट्टेको टोकाईबाट हुने डेंगुबाट बच्न सुरक्षा तथा सावधानीका उपाय अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयले लामखुट्टेको टोकाईबाट बच्नको लागि विभिन्न सुझावहरुसमेत दिएको छ । पुरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली हाल्न मन्त्रालको सुझाव छ ।

त्यस्तै घर–कार्यालय, विद्यालय तथा अन्य सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने उपाय अवलम्बन गर्दै खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गन पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले घरमा गमलाको प्लेट, फूल दानी, कूलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्न, पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न, साँझ र बिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन सुझाव दिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.