Nepal's Trusted Health Online Portal

नर्भिकमा आइभिएफको निःशुल्क ओपिडी हुने

Get real time updates directly on you device, subscribe now.

१ चैत, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो ।

नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले निशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ ।

आगामी चैत्र ४ गते शनिवार बिहान १० देखि २ बजेसम्म नर्भिक आइभिएफ सेन्टरमा सञ्चालन हुने निशुल्क ओपिडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए ।

उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने मिश्रको भनाई छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.