२३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८१४ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ३८६ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् भने ८ हजार ७०४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ११ लाख ६८९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ९ हजार ३४३ केस भने संक्रमणमुक्त भएको छ ।