Nepal's Trusted Health Online Portal

उपत्यकामा अब २५,९९५ सक्रिय संक्रमित, शनिबार ४६३ थपिए

Get real time updates directly on you device, subscribe now.

२२ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

अब उपत्यकामा सक्रिय संक्रमितको संख्या २५ हजार ९९५ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा १३ हजार ८६, ललितपुरमा ९ हजार ३२६ र भक्तपुरमा ३ हजार ५८३ छन् ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ हजार ७७१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये ९ लाख ६३९ अर्थात ९३.३ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ८०३ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.