२१ असोज, काठमाडौं । बुधबार देशभर २७० जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ३७ जना भेन्टिलेटर र २३३ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा २७ जना, प्रदेश नं २ मा १४ जना, बागमती प्रदेशमा १२७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४१ जना, कर्णाली प्रदेशमा १७ जना र सुदुरपश्चिम प्रदेशमा १ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा ४ जना, प्रदेश नं २ मा २ जना, बागमती प्रदेशमा २५ जना र प्रदेश नं ५ मा ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार १ सय २६ जना संक्रमण मुक्त भएका छन् भने १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।