Nepal's Trusted Health Online Portal

झनै बढ्यो कोरोना बिहीबार एकैदिन ४ हजार ३६४ जनामा संक्रमण

संक्रमित संख्या ९८ हजार ६१७ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२२ असोज, काठमाडौँ । नेपालभर बिहीबार एकैदिन ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा संक्रमण फैलिए यताको सबैभन्दा उच्च संक्रमण हो । यसअघि हिँजो बुधबार पनि ३ हजार ४ सय ३९ जनामा कोराना पोजिटिभ भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ नमुना परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । जसमध्ये ७१ हजार ३ सय ४३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल ११ हजार ७ सय १७ जना संस्थागत आइसोलेसनमा र १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ४ सय ६० जना क्वारेन्टिनमा रहेका छन् ।

बिहीबार देशभरी २ सय ३५ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ४२ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला संक्रमण मुक्त छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.