२२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो उपत्यकामा हालसम्मकै उच्च हो ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३६ हजार ३ सय ८९ पुगेको छ ।
गत २४ घण्टा भित्र उपत्यकामा ५ जनाको मृत्यु भएको छ भने देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्कै उच्च हो । त्यस्तै २ हजार ६ सय ७५ जना संक्रमित निको भएका छन् ।