२८ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप २६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार १६५ नमुना परीक्षण गरिएकोमा २६३ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ३९९ आरटी पीसीआर गर्दा १६२ र १ हजार ७६६ एन्टिजेन विधिबाट परीक्षण गर्दा १०१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५०१ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९२ हजार ७२७ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार ७६२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७५ हजार ३०७ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९८६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ५ हजार ४३४ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।