Nepal's Trusted Health Online Portal

४ हजार ८२९ परीक्षण गर्दा ४५५ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

२९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ८२९ नमुना परीक्षण गरिएकोमा ४५५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३०८ आरटी पीसीआर गर्दा ३०५ र २ हजार ५२१ एन्टिजेन विधिबाट परीक्षण गर्दा १५० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३०२ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९३ हजार ३२ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार ९१२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७५ हजार ६०९ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९८८ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ५ हजार ४३५ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.