२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ६ हजार ६५७ आरटी पीसीआर विधी र ४ हजार ६५६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २३९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ । संक्रमितहरुमा ३९.४३ प्रतिशत महिला र ६०.५७ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३१६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ । संक्रमितमध्ये ९४.५ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३४० पुगेकोे छ ।