Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका र यसअघिका गरी २० जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३४० पुगेकोे छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् भने १ हजार ३१६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ । संक्रमितहरुमा ३९.४३ प्रतिशत महिला र ६०.५७ प्रतिशत पुरुष रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.