२७ असार, काठमाडौं । नेपालमा आइतबार १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५ हजार ५३५ आरटी पीसीआर विधी र ३ हजार ६८३ एन्टिजेन गरी ९ हजार २१८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । संक्रमितहरुमा ३९.४५ प्रतिशत महिला र ६०.५५ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ । संक्रमितमध्ये ९४.६ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३८२ पुगेकोे छ ।