Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२७ असार, काठमाडौं । गत २४ घण्टामा नेपालभर २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ३८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५३३ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ६ लाख १९ हजार ८९४ अर्थात ९४.६ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.