२७ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
आइतबार देशभरी १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।