२८ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको केश ७ लाख १ हजार ४५८ पुगेको छ । सोमबार २ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ७ हजार ६८९ आरटी पीसीआर विधी र ३ हजार ८९५ एन्टिजेन गरी ११ हजार ५८४ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा संक्रमितहरुममध्ये ३९.४६ प्रतिशत महिला र ६०.५४ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । संक्रमितमध्ये ९४.५ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ४०० पुगेकोे छ ।