१२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख ४२ हजार ८१७ पुगेको छ ।
गत २४ घण्टामा १२ हजार ६५५ आरटी पीसीआर विधी र ४ हजार ८६३ एन्टिजेन गरी जम्मा १७ हजार ५१८ नमुना परीक्षण गरिएकोमा ३ हजार ८९९ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.७४ प्रतिशत महिला र ६०.२६ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेकोे छ ।
त्यस्तै १ हजार ७१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ४७ हजार ७९ छ । संक्रमितमध्ये ९४.४ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।