१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सम्भावित तेस्रो लहरको सामना गर्नका लागि तयारी अवस्थामा रहन सबै प्रदेशलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई चिठी लेखेर भविष्यमा आउन सक्ने चुनौतीको सामना गर्न प्रदेश आपुर्ति केन्द्रमा कम्तिमा १ हजार सिलिन्डर अक्सिजन भरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो
जनस्वास्थ्य मापदण्डको पालना र निषेधाज्ञाको बाबजुत पनि कोभिड–१९ संक्रमण दरमा कमि नआएको भन्दै मन्त्रालयले तेस्रो लहर आउन सक्ने हुँदा तयारी अवस्थामा रहन भनेको हो ।
मौजुदा सिलिन्डरहरु पनि खाली नराख्न र अक्सिजन पिएसए प्लान्ट, अक्सिजन ट्याङ्क तथा अक्सिजन कन्सन्ट्रेटर चालु र चुस्त अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।
