११ साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ९९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
हाल काठमाडौंमा ५ हजार ९१०, ललितपुरमा १ हजार १६३ र भक्तपुरमा ९३६ गरी उपत्यकामा ८ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् ।
सोमबार देशभरी ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।