२३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ८ हजार १८ आरटी पीसीआर विधी र १ हजार ४३३ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट १९७ र एन्टिजेन विधीबाट १४ जना गरी जम्मा २११ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा ६ हजार १०५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ९ लाख १९ हजार २५५ पुगेको छ । जसमध्ये हालसम्म ८ लाख ५ हजार ९०० संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९७.८ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ५४९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।