२१ मंसिर, काठमाडौं । मकवानपुरमा कोरोनाविरुद्धको खोप लगाएकी एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको हो । उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. प्रशान्त बिडारीका अनुसार महिलाको चार दिन अघि कोरोना परीक्षण गरिएकोमा नतिजा पोजिटिभ आएको थियो ।
मृतक मिर्गौला र मधुमेह रोगबाट पीडित थिइन् । उनले कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।