२१ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार ७६४ पुगेको छ ।
गत २४ घण्टामा ९ हजार ३८६ आरटी पीसीआर विधी र २ हजार ४२४ एन्टिजेन गरी जम्मा ११ हजार ८१० नमुना परीक्षण गरिएकोमा ३१५ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४५ पुगेकोे छ ।
मन्त्रालयका अनुसार मंगलबार ३०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख ५ हजार २०५ छ । संक्रमितमध्ये ९७.८ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । अब देशभर ६ हजार ३५२ जना सक्रिय संक्रमित छन् ।