६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमणदर हालसम्मकै उच्च हो ।
गत २४ घण्टामा २१ हजार ७ आरटी पीसीआर विधी र ६ हजार ४९० एन्टिजेन गरी जम्मा २७ हजार ४९७ नमुना परीक्षण गरिएकोमा १२ हजार ३३८ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ९२ हजार ३३५ पुगेको छ । संक्रमितमध्ये ८ लाख १८ हजार ८०९ केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६३२ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९२.२ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । बिहीबार देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना पुगेको छ ।