Nepal's Trusted Health Online Portal

उपत्यकामा थप ६,९८१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३७ हजार नाघे

Get real time updates directly on you device, subscribe now.

६ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ६ हजार ९८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २७ हजार ९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा मंगलबार काठमाडौंमा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बिहीबारसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ६४९ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख १८ हजार ८०९ अर्थात ९२.२ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६३२ जनाको मृत्यु भइसकेकोे छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.