Nepal's Trusted Health Online Portal

बुधबार ४ हजार ३४४ कोरोना संक्रमित थपिए, ५ हजार ७६८ निको भए

Get real time updates directly on you device, subscribe now.

२६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १२ हजार ४७ आरटी पीसीआर विधी र ४ हजार ५६८ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३४४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख १५ हजार ६५२ पुगेको छ । जसमध्ये ३८.९८ प्रतिशत महिला र ६१.०२ प्रतिशत पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ । संक्रमितमध्ये ८५.२ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टाभित्र देशभर ८१ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार १७९ पुगेकोे छ ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.