२९ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८३६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १ हजार ८२६ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २२६ आरटी पीसीआर विधी र २ हजार ३९४ एन्टिजेन गरी जम्मा ६ हजार ६५४ नमुना परीक्षण गरिएकोमा ८३६ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख ९ हजार ९५० पुगेको छ । संक्रमितमध्ये ९ लाख ३४ हजार ६४८ केस संक्रमणमुक्त भएको छ । अब देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८८२ पुगेकोे छ ।
नेपालमा संक्रमितमध्ये ९६.१ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशतको मृत्यु भएको छ ।