Nepal's Trusted Health Online Portal

उपत्यकामा अब ११,५४३ सक्रिय संक्रमित, शुक्रबार २६५ संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

२८ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २०३, ललितपुरका ४५ र भक्तपुरका १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ५४३ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ६ हजार ६६९, ललितपुरमा ३ हजार ४४८ र भक्तपुरमा १ हजार ४२६ छन् ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ हजार २१५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये ९ लाख ३२ हजार ८२२ अर्थात ९६ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ११ हजार ८७८ जना अर्थात १.३ प्रतिशतको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.