९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७ हजार ४६१ आरटी पीसीआर विधी र ४ हजार ९५३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४२१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ५४ हजार ५९४ पुगेको छ । संक्रमितहरुमा ३९.२३ प्रतिशत महिला र ६०.७७ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ६८ हजार ४४० पुगेको छ । संक्रमितमध्ये ९०.५ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर ८१ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८९४ पुगेकोे छ ।