१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ६ हजार ६४८ आरटी पीसीआर विधी र ४ हजार ९९२ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४४४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ । संक्रमितहरुमा ३९.२८ प्रतिशत महिला र ६०.७२ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । संक्रमितमध्ये ९२.६ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर ४२ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेकोे छ ।