२४ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ३०० नमुना परीक्षण गरिएकोमा १ हजार ९० नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ९५८ आरटी पीसीआर गर्दा ५६० र ३ हजार ३४२ एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४३८ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९१ हजार १८५ र एन्टिजेन विधिबाट १ लाख ४५ हजार ५७७ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७३ हजार ४०५ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९७४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ५ हजार ८०६ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।