Nepal's Trusted Health Online Portal

शुक्रबार थपिए १८ कोरोना संक्रमित, २७१ संक्रमणमुक्त

Get real time updates directly on you device, subscribe now.

११ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १८ जनालाई मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २७१ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८२२ आरटी पीसीआर विधि र १ हजार ५२० एन्टिजेन गरी जम्मा ४ हजार ३४२ नमुना परीक्षण गरिएकोमा १८ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १८ हजार ४७६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६४ हजार ३९८ केस संक्रमणमुक्त भएको छ । अब देशभर १ हजार ९६० जना सक्रिय संक्रमित छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.