१२ फागुन, काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या दश हजार भन्दा कम भएको छ । बिहीबारसम्म नेपालभर सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै देशभरका ५६२ जना निको भएका छन् ।
बिहीबारको नतिजाअनुसार कोरोना भाइरस परीक्षण गरिएकाहरुमध्ये सरदर ४ प्रतिशतमा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १५ हजार ७१२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५४ हजार ९०३ केस संक्रमणमुक्त भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन् जुन कुल संक्रमितमध्ये १.२ प्रतिशत हो । त्यस्तै ९७.८ प्रतिशत निको भएका छन् ।