Nepal's Trusted Health Online Portal

थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, २० हजार ७३९ सक्रिय संक्रमित

Get real time updates directly on you device, subscribe now.

२ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ७४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार ३१९ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार २७९ आरटी पीसीआर विधी र २ हजार ४१७ एन्टिजेन गरी जम्मा ८ हजार ६९६ नमुना परीक्षण गरिएकोमा ७४७ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख ११ हजार २१८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ४० हजार ९०२ केस संक्रमणमुक्त भएको छ । अब देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९६.६ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.