२ फागुन, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ७४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ३१९ जना भने संक्रमणमुक्त भएका छन् ।
अब देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।