३ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६८० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १ हजार ८३५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २५६ आरटी पीसीआर विधी र २ हजार ८३९ एन्टिजेन गरी जम्मा ७ हजार ९५ नमुना परीक्षण गरिएकोमा ६८० नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख ११ हजार ९६० पुगेको छ । संक्रमितमध्ये ९ लाख ४२ हजार ७३७ केस संक्रमणमुक्त भएको छ । अब देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ पुगेकोे छ ।
नेपालमा संक्रमितमध्ये ९६.८ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।