Nepal's Trusted Health Online Portal

कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको डब्ल्यूएचओको घोषणा

Get real time updates directly on you device, subscribe now.

२२ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले आपतकालीन समितिको १५ औं बैठकमा आएको सुझाव अनुसार जनस्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेको बताएका छन् ।

तर टेड्रोसले कोभिडको खतरा भने कायमै रहेको भन्दै अवस्था फेरिएमा स्वास्थ्य आपतकाल फेरि घोषणा गर्न सकिने बताएका छन् ।

सन् २०१९ मा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको थियो ।

कोरोना भाइरसको संक्रमण तिव्र रुपमा विश्वभर फैलिन थालेपछि डब्ल्यूएचओले तीन वर्षअघि कोभिड–१९ लाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

पछिल्लो समय नेपालमा भने कोरोना भाइरसको संक्रमणमा सामान्य वृद्धि भइरहेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.